मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुल्यो

तनहुँ, २९ जेठ । पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा खुलेको छ । जेठ २७ गते बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो यातायात अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी […]
हेटौंडा उपमहानगरका १९ वटै वडामा पुस्तकालय स्थापना गरिने

मकवानपुर, २९ जेठ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापना गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने भएको छ । पुस्तकालय अभियान समूह मकवानपुरले अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार उपमहानगरपालिकाकै सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्न सहमति जनाएका हुन् । […]
मकवानपुर गोल्डकपः उपाधीका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

मकवानपुर, २९ जेठ । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल साेमबार हुँदैछ । प्रतियोगिताको उपाधी लागि घरेलु टोली विजय युथ क्लब हेटाैडा र विभागीय टाेली नेपाल आर्मी क्लब भिड्दै छन् । यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा पनि आर्मी र विजय युथ बीच नै फाइनल भिडन्त भएको थियो […]
देवचुलीमा बालश्रम विरुद्ध सचेतनामूलक र्याली

देवचुली, २९ जेठ । देवचुली नगरपालिका वडा नम्बर १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्याली निकालेका छन् । विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी बाल क्लबको आयोजनामा र्याली सहित कार्यक्रम गरि दिवस मनाईएको हो । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको […]
गजलकार सुमन अविरतको सांगीतिक गजल सार्वजनिक हुँदै

भरतपुर, २९ जेठ । चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ । घिमिरेको लेखेको `खै कसोरी बिझाएँ नजरमा तिम्रो… हिजो सम्म सझिन्थेँ हर प्रहरमा तिम्रो …..´ गजल सार्वजनिक हुने भएको हो । यो गजलमा आवाज र संगीत राज सागरले दिएका छन् । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गजललाई […]
विभिन्न संस्थाहरुको सहयोगमा राप्तीमा आँखा शिविर

राप्ती, २९ जेठ । राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर सम्पन्न भएको छ । सामुदायिक सहयोग केन्द्र नेपाल बछ्यौली चितवन, राप्ती नगरपालिका वडा नम्बर १ र पिप्ले युवा समाजको संयुक्त आयोजनामा राप्ती-१ मा आँखा शिविर सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका आउटरिच कोअर्डिनेटर रमेश घिमेरेको संयोजनमा पाँच जना स्वास्थकर्मीहरुले सेवाग्राहीको आँखा परिक्षण गरेका थिए […]