विभिन्न संस्थाहरुको सहयोगमा राप्तीमा आँखा शिविर

राप्ती, २९ जेठ ।
राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर सम्पन्न भएको छ । सामुदायिक सहयोग केन्द्र नेपाल बछ्यौली चितवन, राप्ती नगरपालिका वडा नम्बर १ र पिप्ले युवा समाजको संयुक्त आयोजनामा राप्ती-१ मा आँखा शिविर सञ्चालन गरिएको हो ।

भरतपुर आँखा अस्पतालका आउटरिच कोअर्डिनेटर रमेश घिमेरेको संयोजनमा पाँच जना स्वास्थकर्मीहरुले सेवाग्राहीको आँखा परिक्षण गरेका थिए ।

शिविरमा १५८ जनाले आँखा जचाएका थिए । आँखा परिक्षणपश्चात् आँखामा खराबी देखिएका १४ जनालाई अप्रेशनको लागि भरतपुर अस्पताल लगिएको सामुदायिक सहयोग केन्द्रका व्यवस्थापक बासुदेब अधिकारीले बताए । उनीहरुको अप्रेसन नि:शुल्क गरिने पनि उनले बताए ।

राप्ती-१ मा आँखामा समस्या भएका व्यक्तिहरु धेरै भएको र उपचारलाई सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको सभापति समेत रहेका पिप्ले युवा समाजका अध्यक्ष अन्जन पाठकले बताए ।

कार्यक्रममा नेत्रज्योति संघ, हिरालाल सन्तुदेवि प्रधान नेत्र विज्ञान अध्ययन संस्थान र भरतपुर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट