गजलकार सुमन अविरतको सांगीतिक गजल सार्वजनिक हुँदै

भरतपुर, २९ जेठ ।
चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक हुने भएको छ ।

घिमिरेको लेखेको `खै कसोरी बिझाएँ नजरमा तिम्रो…
हिजो सम्म सझिन्थेँ हर प्रहरमा तिम्रो …..´ गजल सार्वजनिक हुने भएको हो । यो गजलमा आवाज र संगीत राज सागरले दिएका छन् । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गजललाई असार ६ गते यूट्युबमार्फत सार्वजनिक गर्न लागिएको घिमिरेले कायाकैरनलाई बताए ।

५० को दशकदेखि गजल लेखनमा सक्रिय घिमिरेको यो पहिलो संगीतबद्द गजल हो । घिमिरेले थुप्रै गजल सिर्जना गरेका छन् भने अधिकांश गजल प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट