काखेछोरी घरमा, आमा चुनावी मैदानमा

भरतपुर, २६ वैशाख । उनको टोल माओवादीको गढ हो । तर उनको मन त्यतातर्फ गएन । बरु उनले विकल्प खोज्न थालिन् । २०७४ सालको स्थानीय चुनावताका उनले ‘खास’ एजेन्डाबिहीन पुरानै पार्टीलाई भोट नहाल्ने निर्णयमा पुगेकी थिइन् । तर अघिल्लो चुनावमा तत्कालीन विवेकशील पार्टीबाट काठमाडौँको मेयरमा रञ्जु दर्शनाको उम्मेदवारीको चर्चाले उनलाई राजनीतिको वैकल्पिक बाटो समात्ने प्रेरणा […]

वागी उठेर पार्टी हर्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

धनगढी, २६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वागी उम्मेदवारलाई नछोड्ने चेतावनी दिएका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वागीलाई कारवाहीको चेतावनी दिएका हुन् । एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यको रहेको उल्लेख गर्दै देउवाले यस्तो उर्दी जारी गरेका हुन् । ‘स्थानीय सरकार पनि […]

गठबन्धनको कुनै गन्तव्य छैन, लुटलाट गर्न बनेको हो : ओली

भरतपुर, २६ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावी सभामा उनले ३० वैशाखको स्थानीय निर्वाचनपछि समाप्त हुने बताए । उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष […]

श्रीलङ्का: देशलाई आर्थिक सङ्कटबाट निकास दिन भन्दै प्रधानमन्त्रीको राजीनामा

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन् । राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन् । त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको छ । […]

एमालेलाई काँग्रेसी मतदाताको आश

पाँच दलको सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा ओर्लिएको नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । तालमेल मिलाउन भरतपुर र माडीमा मेयर पदको उम्मेदवारी आफूले लिएर एमालेले दुवै स्थानीय तहमा उपमेयरको उम्मेदवारी राप्रपालाई छाडेको छ । एमालेले आइतबार नारायणगढको क्याम्पाचौरमा भरतपुर केन्द्रित चुनावी सभा सम्पन्न गरेको […]

भरतपुरका उम्मेदवार मतदाता भेट्न व्यस्त

भरतपुर, २६ वैशाख । स्थानीय तहको निर्वाचनमा मतदान गर्ने समय नजिकिंँदै गर्दा भरतपुर महानगरपालिकाका सबै वडामा बाजागाजा र नाचगानसहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु मतदाता भेट्न र आकर्षित गर्न व्यस्त छन् । भरतपुर महानगरपालिकाको २९ वटा वडामध्ये २० वटाभन्दा बढी वडा अध्यक्ष पाएको कांँग्रेसले अहिलेको चुनावमा राम्रै नतिजा हात पार्ने अनुमान गरिएको छ । महानगरका […]

भरतपुरमा छुरा प्रहारगरी युवकको विभत्स हत्या

भरतपुर, २६ वैशाख । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय `कान´ भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन […]