भोलि सार्वजनिक बिदा

भरतपुर, १४ पुस । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।

आठौं महाधिवेशन : ‘प्रचण्डपथ’ पछि अब ‘प्रचण्ड विचार’ राख्न सुझाव

भरतपुर, १४ पुस । नेकपा माओवादी (केन्द्र) को आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन उपर समूहगत धारणा राख्ने क्रम चलिरहेको छ । समूहगत धारणा राख्ने क्रममा बागमती प्रदेश ‘क’ बाट सरल सहयात्री पौडेलले पार्टीले ‘प्रचण्डपथ’ को साटो ‘प्रचण्ड विचार’ धारा राख्न सुझाव दिएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक अवधारणाबाट प्रचण्डपथ […]

मौसम प्रतिकूलताले गड्यौली महोत्सव प्रभावित, बिहीबार उद्घाटन हुने

राप्ती, १४ पुस । मौसम प्रतिकूलताका कारण गड्यौली महोत्सव प्रभावित भएको छ । बुधबारदेखि सुरु हुन लागेको महोत्सव लगातार वर्षाको कारणले स्थगित भएको हो । अब भोलि बिहीबार बिहान ११ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था गडयौली भिलेजका अध्यक्ष गणेश लामाले बताए । बुधबार बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा महोत्सवको उद्घाटन हुने कार्यतालिका थियो । […]

चन्द्रागिरीमा हिउँ पर्‍यो

भरतपुर, १४ पुस । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो अत्यधिक बढेपछि पहाडी तथा हिमाली क्षेत्रमा पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि विभिन्न जिल्लामा यातायात सेवासमेत प्रभावित भएको छ । चितवन र आसपासमा […]

बन्दीपुरमा सडक खाना महोत्सव हुने

तनहुँ, १४ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटेल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गर्न लागेका हुन् । […]

देशका धेरै ठाउँमा वर्षा र हिमपात

भरतपुर, १४ पुस । यतिबेला देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि चितवनसहित देशका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको हो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम […]