मौसम प्रतिकूलताले गड्यौली महोत्सव प्रभावित, बिहीबार उद्घाटन हुने

राप्ती, १४ पुस ।
मौसम प्रतिकूलताका कारण गड्यौली महोत्सव प्रभावित भएको छ । बुधबारदेखि सुरु हुन लागेको महोत्सव लगातार वर्षाको कारणले स्थगित भएको हो ।

अब भोलि बिहीबार बिहान ११ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था गडयौली भिलेजका अध्यक्ष गणेश लामाले बताए । बुधबार बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा महोत्सवको उद्घाटन हुने कार्यतालिका थियो ।

यही पुस १४ गतेदेखि २४ गतेसम्म गड्यौली चउरमा महोत्सव हुने तय गरिएको थियो । महोत्सवको सम्पूर्ण तयारी सकिएर उद्घाटन हुने अवस्थामा थियो । तर मंगलबार रातिदेखि लगातार पानी परेका कारण महोत्सव उद्घाटन हुन सकेन ।

कोरोना प्रभावपछि राप्तीमा हुन लागेको ठूलो मेला प्रथम गडयौली महोत्सव नै हो । यसलाई आयोजकले महाउत्सवको रुपमा मनाउन गइरहेको छ । बिहीबार मौसमले साथ दिएको खण्डमा निर्धारित समयमा नै हुने आयोजकले बताएको छ ।

करिब ५० हजार दर्शक उपस्थित गराउने उद्देश्य रहेको गडयौली महोत्सवलाई स्थानीयहरुले उत्सुकताका साथ हेरेका छन् ।

महोत्सवको सह आयोजकको रुपमा रहेको युगज्योति युवा क्लबले महोत्सवकै कार्यक्रम अन्तर्गत मंगलबार हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतिस्पर्धीहरुको उल्लेख्य सहभागिताले आफूहरूको मनोबल उच्च भएको आयोजकले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट