आगलागीमा परी एकै परिवारका चारजनाको मृत्यु

भरतपुर, १९ कात्तिक । ललितपुरको पाटनस्थित मंगलबजारमा शुक्रबार राति भएको आगलागीमा एकै परिवारका चारजनाको मृत्यु भएको छ । म्ह पूजा मनाइरहेका समयमा भएको भीषण आगलागीमा अन्य दुईजना गम्भीर घाइते छन् । घटनास्थल ललितपुर महानगरपालिका–१२ मंगलबजार चक्रबहीमा पर्छ । मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रचना र नाति निर्जल रहेको प्रहरीले जनाएको […]
राप्रपा नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्ने एमाले नेता बस्नेतको दाबी

भरतपुर, १९ कात्तिक । विकासप्रेमी नेताका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेले पारिने परिवर्तन गर्दै नेकपा (एमाले) प्रवेश गर्ने एमाले नेता महेश बस्नेतले बताएका छन् । बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका हुन् । शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको `जनता जान्न चाहन्छन्´ कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा
भरतपुर, १९ कात्तिक । भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि […]
दीपावली (कविता)

भन्न त भन्छन् पाका पुरानाहरु चिताएको पुग्छ रे को चाहँदैन होला र विश्वासको देउता आँगनसम्म आओस् साक्षात्कार होस् भलाकुसारी होस् स्वागतार्थ सजाइएको मन्दिर प्रज्वलित दीप नजर लगाओस् अहँ कहिल्यै मिलेन चिताएको देउताको दर्शन पाका पुराना ए बा ए आमा तिम्रै शिक्षाको अनुसरण गरेर चिन्दै नचिनेको त्यो देउता भेट्ने मनोकाक्षांको दीप कहिलेसम्म बालिरहुँ आशाको तेल कति […]
एमसिसी पास गर्छौं भनेर चिट्ठी पठाएको होइन : प्रचण्ड

भरतपुर, १९ कात्तिक । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्ने भनेर चिठ्ठी नपठाएको स्पष्ट पारेका छन् । उनले एमसिसी पास गर्छौं भनेर चिठ्ठी लेखेको भन्ने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरे । दलहरूबीच राष्ट्रिय सहमति नभई पारित गर्न नसकिने र त्यसका लागि […]
गुणस्तरहीन भाइमसालादेखि सावधान

भरतपुर, १९ कार्तिक । भाइटीका नजिकिँदै जाँदा बजारमा गुणस्तरहीन भाइमसालाको विगविगी बढेको छ । गुणस्तरहीन तथा नक्कली भाइ मसालाले उपभोक्ताको स्वास्थ्यलाई नकारात्मक असर पार्ने जोखिम त बढेको छ । बढी मूल्यमा खरिद गरिएका खाद्य सामग्री बिग्रिएको पाइँदा उपभोक्ता ठगिने पनि गरेका छन् । “तयारी अवस्थामा बजारमा बेच्न राखिएका भाइमसाला वास्तविक मूल्यभन्दा बढी मूल्यमा बेचिँदै आएको […]
आजबाट नेपाल संवत् ११४२ सुरु, म्हः पूजा पनि आजै

भरतपुर, १९ कात्तिक । नेपाल संवत् ११४२ आजबाट सुरु भएको छ। नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गरेका छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनबाट नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा नेपाल संवत्लाई विशेषरुपमा मनाउने गरिएको छ । राष्ट्रिय […]
प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना व्यक्त

भरतपुर, १९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन […]
तिहारको चौथो दिन: आज गोवर्द्धनको पूजा
भरतपुर, १९ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय […]