भरतपुर, १९ कात्तिक ।
ललितपुरको पाटनस्थित मंगलबजारमा शुक्रबार राति भएको आगलागीमा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
म्ह पूजा मनाइरहेका समयमा भएको भीषण आगलागीमा अन्य दुईजना गम्भीर घाइते छन् । घटनास्थल ललितपुर महानगरपालिका–१२ मंगलबजार चक्रबहीमा पर्छ ।
मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रचना र नाति निर्जल रहेको प्रहरीले जनाएको छ । लक्ष्मीकृष्णका छोरा निरज र कान्छी छोरी सिर्जना घाइते छन् ।
भान्सामा रहेको खाना पकाउने ग्यास पडकिएर आगलागीले ठूलो रूप लिएको प्रहरीको अनुमान छ । घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ ।




