पढाईसँगै आयआर्जन गर्दै विद्यार्थी

भरतपुर, १७ साउन विद्यार्थीलाई प्रयोगात्मक शिक्षा अन्तर्गत चितवनको एउटा सामुदायिक विद्यालयले विद्यार्थीहरूलाई आयआर्जन हुनेगरी अध्यापन सुरु गरेको छ । भरतपुर महानगरपालिका–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ बाली विज्ञान विषय पढ्ने विद्यार्थीका लागि स्कुलमै कृषि उपज उत्पादन गर्दै आयआर्जनको व्यवस्था सहितको शिक्षा सुरु गरेको हो । विद्यार्थीलाई आयआर्जनमै सहभागी गराउने […]

डेढ वर्षमै `कुमाता´को तेस्रो संस्करण

भरतपुर, १७ साउन । पत्रकार वसन्त पराजुलीलाई दुई सालअघिसम्म पनि लागेकै थिएन कि आफू कथाकार बनूँला । दुई दशक लामो पत्रकारिता गर्दा उनले कैयौँ मान्छेका कथा लेखे । तर, समाचारका रूपमा । २०७६ फागुनमा भने उनले तिनै कथाहरूका विषयवस्तुलाई नै माझेर कथानक दिए । कथा लेखे । सङ्ग्रह बनाए । अनि पहिलो कथा सङ्ग्रह निस्कियो– […]

टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने

वासिङ्टन, १७ साउन। म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिनेभएको छ । भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको […]

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन

काठमाडौँ, १७ साउन । नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक […]

बुद्ध एयरको नेपालगन्ज – पोखरा हवाइ उडान सुरु

भरतपुर, १७ साउन । नेपालगन्ज–पोखरा नियमित उडान सेवा सुरु भएको छ । नाटा बाँकेले गत ७ फागुनदेखि सीता एयरको चार्टर्ड विमानबाट हप्तामा दुई दिन उडान भर्दै आएकोमा बुद्ध एयरले आइतबारबाट हप्ताको तीन दिन नियमित उडान भर्न सुरु गरेको हो । बुद्ध एयर नेपालगन्ज स्टेशन प्रबन्धक विनित शाहका अनुसार पहिलो चरणमा हरेक आइतबार, बुधबार र शुक्रबार […]

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

देवराज सुवेदी मेलम्ची, १७ साउन । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडाँै मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु– १ का आशा लामा भन्नुहुन्छ, “बस्ने ठाउँ नभएर होस्टेलमा […]

पछिल्लो २४ घण्टामा थप दुुई हजार ५६८ मा सङ्क्रमण

काठमाडौँ १७ साउन । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेकोे छ । […]

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’

काठमाडौँ, १७ साउन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन । तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए । नेपाली जनताले विकास र […]

कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु

भजनी, १७ साउन । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ । डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया […]

चितवनमा महिला उद्यमी बढे

भरतपुर , १७ साउन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत […]

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल

भरतपुर , १७ साउन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० […]

मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

गलकोट, १७ साउन । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी […]

आफन्तलाई उपहारमा बीमा पोलिसी

नवलपुर, १७ साउन । पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । असारको अन्तिम साता पुस्तक व्यवसायी लेखराम र शिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ […]

मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो

सिन्धुपाल्चोक, १७ साउन। मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए। यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन […]