कांग्रेस कुनै पनि हालतमा सरकारमा जानु हुँदैन : नेका नेता बस्नेत

भरतपुर, १३ फागुन । पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले संसद् पुनःस्थापनापछि बन्ने नयाँ सरकारमा कांग्रेस कुनै पनि हालतमा जान नहुने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय समितिले बिहीबार भरतपुरको चौबिसकोठीमा आयोजना गरेको बृहत् रक्तदान तथा सरकारको अराजक कार्यको विरोध सभामा नेता बस्नेतले कांग्रेस पदमा लोभिन नहुने बताएका हुन् […]

प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ । सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास पुगेका हुन् । सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइसक्नु पर्नेछ ।

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

भरतपुर, १३ फागुन भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन […]

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण

भरतपुर, १३ फागुन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । एकसाता अघिमात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र […]

सम्पादकीय: सलाम सर्वोच्च

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको निर्णय दुई महिनापछि सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वोच्चको यो निर्णयपछि मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ । प्रधानमन्त्रीको आसनमा रहेका ओली पार्टीभित्र अल्पमतमा परिसकेका छन् । बहुमतको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नयाँ राजनीतिक समीकरणको तयारीमा जुटेका […]