एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा

चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी नगरपालिकाले पाँच जनाको […]

त्रिशुली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, भरतपुरमा ईनारमा डुबेर महिलाको ज्यान गयो

धादिङ, २४ साउन आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको […]

कर प्रशासनमा थप कडाइ, अनिवार्य बायोमेट्रिक प्रणाली लागू गरिँदै

राजेश घिमिरे भरतपुर, २३ चितवन कर प्रशासनलाई पारदर्शी बनाउन बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी दु्रत गतिमा अघि बढिरहेको छ । यस आर्थिक वर्षको सुरुदेखि नै कर लिने र दिने दुवै पक्ष पारदर्शी देखिने गरी बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी गरिएको थियो । तर, आन्तरिक राजस्व विभागको तयारी नसकिएका कारण उक्त प्रणाली केही महिनापछि लागू गर्ने […]

पासपोर्ट फालेर गीतसंगीतमा रमाउँदै

   विप्लव काफ्ले जिबी सुनार चितवनमा हुने अधिकांश सांगीतिक कार्यक्रमको स्टेजमा उक्लिन्छन् । स्वरका धनी छन् । मेहनती छन् । विदेश जाने पासपोर्ट थन्काएपछि उनी सांगीतिक दुनियामा चम्केका हुन् । कञ्चनपुरको लालझाडीमा २०४४ सालमा जन्मेका उनको कर्मथलो चितवन हो । उनी भरतपुर–१५ स्थित फूलबारीमा आफ्नै कमाइले बनाएको घरमा बस्छन् । सानामा देउसी भैलोमा रमाउँथे । […]

किताब पढ्न कथानकले तान्नुपर्छ: एकदेव अधिकारी

एकदेव अधिकारी शिक्षण गर्छन् । अंग्र्रेजी साहित्यमा स्नातकोत्तर उनी हाल रत्ननगरस्थित स्काइराइडर आवासीय मा.वि.मा अध्यापन गरिरहेका छन् । शिक्षणका अलावा साहित्य लेखनमा पनि उनको क्रियाशिलता छ । कथा लेखनमा उनको सक्रियता अझै लोभलाग्दो छ । उनको लघुकथा संग्रह ‘भिखारी’ भदौको पहिलोसाता सार्वजनिक हुँदैछ । यसअघि उनको ‘स्वको खोजी’ नामक पुस्तक पनि प्रकाशित छ । नेपाली […]