१२ महिनाको बाच्छीले दूध दिएपछि ……

खैरहनी,१६ असोज ।चितवन खैरहनी नगरपालिका शान्तिबजारमा १२ महिनाको बाच्छीले दूध दिन थालेको छ । खैरहनी नगरपालिका–१०, शान्तिबजार निवासी रामशरण दाहालको गोठमा पालिएको बाच्छीले अहिले डेढ लिटरसम्म दूध दिइरहेको छ । सानै उमेरमा बाच्छीले दूध दिन थालेपछि दाहाल परिवार मात्रै होइन अहिले गाउँले नै अचम्मित भएका छन् । करिब एक महिना अघिदेखि थुनबाट दूध बग्न थालेपनि […]
जेष्ठ नागरीकको एउटै स्वर घरघरमै भत्ता पाइयोस्

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१६ असोज ।रत्ननगर–१४, पिठुवाका ८४ वर्षीय मोतीलाल धमला सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लाईन बस्नुपर्दाको पीडा सम्झन्छन् । लाइन बसेर पनि कहिलेकाँही दुई÷तीन दिनमा भत्ता पाउने गरेको उनी बताउँछन् । रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार आयोजना गरेको ज्येष्ठ नागरिक अभियन्ता सम्मान कार्यक्रममा उपस्थित धमलाले धेरे दुःख पोखे । “नगरपालिकाले सहजरुपमा भत्ता […]
जागिर गुमेको ७ वर्षपछि पुनर्वहाली

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१६ असोज ।चितवन माध्यामिक विद्यालयका २ स्थायी कर्मचारी ७ वर्षपछि पुनः काममा फर्केका छन् । सहलेखापाल नारायणबहादुर राई र कार्यालय सहयोगी खड्कबहादुर क्षेत्री सोमबारदेखि विद्यालयमा हाजिर भएका छन् । स्थायी सेवाबाट करारमा झारेर काम गर्ने वातवरण नदिएपछि उनीहरु काम छोड्न बाध्य भएका थिए । २०३७ भदौ २ गतेदेखि पुस्तकालय अध्यक्षका रुपमा नियुक्त भएका […]
रामपुर कृषि क्याम्पस संकटमा

भरतपुर,१६ असोज ।मुलुककै जेठो कृषि क्याम्पस रामपुर कृषि क्याम्पस संकटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृविवि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको रुपमा परिचित रामपुर कृषि क्याम्पस संकटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णयसँग उक्त […]
खुला एथलेटिक्स प्रतियोगिता हुने

भरतपुर,१६ असोज ।आगामी असोज २१ गते भरतपुरमा खुला एथलेटिक्स प्रतियोगिता गरिने भएको छ । चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा महिला र पुरुषबीच एथलेटिक्सका विभिन्न ४ विधामा खुला प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । २१ गते बिहान ७ बजे आँपटारीबाट केन्द्रीय बसपार्कसम्म पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड […]
२०७५ असोज १६ गते मङ्गलबार
