दसैँमा खानपान र दुर्घटनाबाट जोगिन सुझाव

चितवन, ४ कात्तिक । दसैँको उल्लाससँगै चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ । दसैँ बिदाका क्रममा अस्पतालको आकस्मिक कक्षबाट दैनिक करिब १५० जनाले उपचार सेवा लिइरहेका छन् । अस्पतालका अनुसार आकस्मिक कक्षमा उपचारका लागि आउनेमध्ये सवारी दुर्घटनामा परेका, हृदयाघात भएका, स्ट्रोकका बिरामी तथा खानपानका कारण स्वास्थ्य समस्या देखिएकाहरूको सङ्ख्या […]

देवघाट–मौलाकालिका जोड्न दुई किलोमिटर लामो केबलकार बनाइने

गैंडाकोट, ३ कात्तिक । चितवनको देवघाटदेखि नवलपरासीको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । आइएमई ग्रुपले करिब दुई किलोमिटर लामो केबलकार निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार चितवन र नवलपुरका पत्रकारहरूसँगको छलफलमा देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजना अघि बढाइएको जानकारी दिएका हुन् । […]