पितृ पक्ष र सोह्र श्राद्ध

परिचय भाद्र महिनाको शुक्ल पक्षको पूर्णिमादेखि आश्विनको कृष्णप क्षको अमावस्या (औंसी) सम्मको अवधिलाई सोह्र श्राद्ध भनिन्छ । वर्षाकालको अन्त्यसंगै कृषिकर्मको समाप्ति हुने र पितृहरूलाई तृप्त पार्नका लागि सोह दिनसम्म नेपाली समाज शुद्ध आचरणमा रहने गर्छ । यतिखेर आफ्ना पूर्वजहरूको सम्झना गर्नाका साथै उनीहरूबाट प्राप्त गुण, धर्म, कर्म आदिलाई ससम्मान हेर्ने गरिन्छ । आश्विन कृष्णपक्षको प्रतिपदा, […]
नारायणीमा बाढीको जोखिम बढ्यो, सतह खतरा तह नजिक

भरतपुर, १० असोज । लगातारको वर्षापछि नारायणी नदीको बहाव तीव्र रूपमा बढेको छ । शनिबार साँझसम्म नदीको पानीको सतह ८ दशमलव ९३ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नारायणी बेसिन कार्यालय चितवनका अनुसार नदीमा ७ दशमलव ३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ । पछिल्लो मापनअनुसार नदीको सतह खतरा […]
नेपालमा वर्षासँगै ठूलो हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

भरतपुर, १० असोज । नेपालमा आज शनिबार वर्षासँगै हावाहुरी र चट्याङको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला दिनमा सक्रिय मौसम प्रणालीका कारण देशका विभिन्न भूभागमा वर्षाको मात्रा बढ्नुका साथै केही क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको […]
राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

चितवन, १० असोज । मानव बेचबिखन, घरेलु हिंसा तथा विभिन्न कारणले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण, उद्धार, पुनर्स्थापना र आत्मनिर्भरता निर्माणमा सक्रिय थ्री एन्जल नेपाल, पूर्वी चितवनले राप्ती नगरपालिका र मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा, आयआर्जन तथा कृषि क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पूर्वी चितवनको लोथरमा लामो समयदेखि कार्यालय सञ्चालन गर्दै आएको […]
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम

चितवन, १० असोज । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन् । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार लगातारको वर्षाले अहिले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा परागसेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ । उहाँले […]
पेशागत विज्ञ क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा ई. शेखरनाथ चापागाईंको उम्मेदवारी

पर्वत, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विज्ञ क्लस्टरबाट पर्वत जिल्लाका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई. शेखरनाथ चापागाईंले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सिभिल इन्जिनियर चापागाईंले GIS, हाइड्रोलिक मोडेलिङ, विपद् व्यवस्थापन तथा सहरी–ग्रामीण योजना क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । उहाँ विगतमा CDEN (Center for Democratic Engineers Nepal) को केन्द्रीय […]