किरण थापा मगरले पाए विश्वासको मत

मकवानपुर, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिएका हुन् । विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै मत परेन । थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, नेकपा एमालेका २४ र राष्ट्रिय प्रजातन्त्र […]
भरतपुरको गेस्ट हाउस चौर ‘सहिद मैदान’ बन्दै

भरतपुर, ९ भदौ । भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरलाई ‘सहिद मैदान’का रूपमा विकास गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको गेस्ट हाउस चौरको कित्ता नम्बर १९५९ को एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको […]