चितवन साहित्य परिषद्द्वारा चार स्रष्टा पुरस्कृत

भरतपुर, २८ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा चितवन साहित्य परिषद्ले विभिन्न विधाका चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नारायणी कला मन्दिर र चितवन साहित्य परिषद्को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘चिसाप प्रतिभा पुरस्कार–२०८३’ शान्ति शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु. १५ हजार ४५ रहेको छ । […]

एडिलेडमा २१३औँ भानुजयन्ती मनाइयो

एडिलेड (अस्ट्रेलिया)। दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडस्थित मिचेल पार्क कम्युनिटी हलमा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाइएको छ । आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै सुरु भएको कार्यक्रममा स्थानीय कवि, गीतकार तथा गजलकारहरूले भानुभक्तको नेपाली भाषा–साहित्यमा रहेको अतुलनीय योगदानको चर्चा गर्दै आ–आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरूमा श्रीकृष्ण माझी, सुपक अधिकारी, […]