एडिलेडमा २१३औँ भानुजयन्ती मनाइयो

एडिलेड (अस्ट्रेलिया)।
दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडस्थित मिचेल पार्क कम्युनिटी हलमा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाइएको छ ।

आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै सुरु भएको कार्यक्रममा स्थानीय कवि, गीतकार तथा गजलकारहरूले भानुभक्तको नेपाली भाषा–साहित्यमा रहेको अतुलनीय योगदानको चर्चा गर्दै आ–आफ्ना रचना वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरूमा श्रीकृष्ण माझी, सुपक अधिकारी, रामकृष्ण शर्मा, नवीन कँडेल, प्रकाश पौडेल, क्षितिज सापकोटा, पुष्कर कोइराला, आरजू गिरी तथा कुमाराज सुवेदी रहेका थिए । कार्यक्रममा शृङ्गार रसका गजल तथा गीतहरूको बाहुल्य रहेको थियो । कवि कुमाराज सुवेदीले ‘परको देशदेखि प्रदेशसम्म’ र ‘सुदूर प्रकृति र उसको दैनिकी’ शीर्षकका कविता वाचन गरेका थिए ।

देवराज कँडेलले सञ्चालन गरेको कार्यक्रम टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको आयोजना एडिलेड नेपालले गरेको थियो भने पुस्तक सौजन्य नेपाली बुक्स अस्ट्रेलियाले गरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट