रोट्रयाक्टका नवनिर्वाचित पदाधिकारीलाई देशव्यापी प्रशिक्षण

काठमाडौं, ३० जेठ । रोटरी वर्ष २०२६–२७ का लागि विभिन्न क्लबका नवनिर्वाचित पदाधिकारीलाई लक्षित गर्दै रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले देशका तीन स्थानमा ‘पीएसटी–इलेक्ट लर्निङ सेमिनार’ सम्पन्न गरेको छ । कार्यक्रममा नेपालभरका ११७ क्लबका करिब ३५० निर्वाचित पदाधिकारी सहभागी भएका थिए । काठमाडौं क्षेत्रको प्रशिक्षण भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा, पूर्वाञ्चलको कार्यक्रम सुन्दरहरैंचा–५ स्थित टेन्डरफिट बोर्डिङ स्कुलमा […]

कुहिरोले छोपिएको ऐतिहासिक उपरदाङगढीमा गुञ्जिए गजल

उपरदाङगढी (चितवन), ३० जेठ । शनिबार बिहान चितवनको पुरानो सदरमुकाम उपरदाङगढीको खुला चौरमा चितवन, नवलपरासी र तनहुँका गजलकार तथा स्रष्टाहरूको जमघट देखियो । इच्छाकामनाका पहाडी डाँडाकाँडा कुहिरोले ढाकिएका थिए भने हल्का वर्षा पनि भइरहेको थियो । ऐतिहासिक गढीमा पुगेर गजल वाचन गर्ने योजनाअनुसार स्रष्टाहरू त्यहाँ पुगेका थिए । पानी परिरहेकाले खुला चौरमै कार्यक्रम गर्ने कि […]