४५ दिनभित्र कार्यसम्पादन सूचक तयार गर्न सरकारको निर्देशन

काठमाडौं, १६ चैत । सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ । सरकारले […]
पत्रकार महासङ्घ स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

भरतपुर, १६ चैत । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा चितवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासङ्घ, चितवन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ७ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । तीमध्ये ११ जनाले पहिलो पटक रक्तदान गरेका हुन् । चितवनमा क्रियाशील पत्रकार, नेपाल प्रहरीका सुरक्षाकर्मीलगायतको सहभागिता रहेको कार्यक्रमबारे महासङ्गघ चितवन […]
युरोपमा ‘बखान’ : बेल्जियममा लोकार्पण सम्पन्न

बेल्जियम, १६ चैत । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास “बखान” को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोप सहसंयोजक पंचम अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, पूर्व अध्यक्षहरू विमल […]