युरोपमा ‘बखान’ : बेल्जियममा लोकार्पण सम्पन्न

बेल्जियम, १६ चैत ।
पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास “बखान” को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोप सहसंयोजक पंचम अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, पूर्व अध्यक्षहरू विमल गिरी र दीपेन्द्र केसी, साहित्यकार ब्रम्हदत्त वाग्ले तथा एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी लगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै राजदूत लम्सालले उपन्यासको ऐतिहासिक पक्षसँगै चितवनको बस्ती विकासको इतिहास समेटिएको कृति लोकार्पण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले पराजुलीकृत “बखान” पठनीय र महत्वपूर्ण कृति भएको धारणा राख्नुभयो ।

लेखक वसन्त पराजुलीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै आख्यानकार पंचम अधिकारीले चितवनको पत्रकारितामा परिचित पराजुली आख्यान क्षेत्रमा पनि सशक्त रूपमा स्थापित भएको बताउनुभयो ।

अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि लोकनाथ शर्माको मुक्तक सङ्ग्रह “परदेशमा गुमनाम” समेत विमोचन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट