सौराहामा होली मिलनले थप्यो फागु पूर्णिमाको रौनक

चितवन, १९ फागुन । सौराहा जेसीजको आयोजनामा सौराहाको गैंडाचोकमा ‘होली मिलन कार्यक्रम’ उत्साहपूर्वक सम्पन्न भएको छ । मङ्गलबार आयोजित कार्यक्रममा जेसिसका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले एकआपसमा अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए । उनीहरूले फागु पर्वलाई आपसी सद्भाव, एकता र भाइचाराको सन्देश फैलाउने अवसरका रूपमा मनाएका थिए […]
पत्रकार विराट अनुपमको ‘नेपालको आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक

काठमाडौँ, १९ फागुन । पत्रकार एवम् लेखक विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तकको विमोचन गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले संयुक्तरूपमा पुस्तक विमोचन गरेका हुन् । किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले यो एक ऐतिहासिक राजनीतिकसङ्ग्रह भएको बताए । कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने अनुपमले […]
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?

काठमाडौं, १९ फागुन । आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म देखिने र उच्च स्थानबाट हेर्दा अझ राम्रो देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ । मौसम सफा भए देशका सबै भागबाट चन्द्रग्रहण स्पष्ट रूपमा अवलोकन गर्न सकिने छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण […]
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

काठमाडौं, १९ फागुन । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन […]