नवलपरासी–१ मा आशावादी विनोद चौधरी भन्छन् : ‘क्षेत्र बलियो बन्यो भने देश बलियो बन्छ’

नवलपरासी, १७ फागुन । नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरी यतिबेला घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । गाउँ–टोल, बजार र बस्तीमा पुग्दै उनले मतदातासँग आत्मीय भेटघाट गरिरहेका छन् । घरदैलोका क्रममा चौधरीले नवलपरासीसँग आफ्नो सम्बन्ध केवल राजनीतिक नभई भावनात्मक र आत्मीय रहेको बताएका छन् । “यहाँको माटोको सुगन्ध, आमाबुबाको […]
‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ : खैरहनीमा बुर्लाकोटीको पक्षमा जेनजी लहर

खैरहनी, १७ फागुन । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पसहित चुनावी अभियानलाई तीव्र बनाएका छन् । घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय उनले आफूलाई मतदाताको साथ र सहयोग उल्लेख्य रूपमा प्राप्त भइरहेको दाबी गरेका छन् । उम्मेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना […]