सापकोटाको `बाहेक´ उपन्यासको गृह विमोचन

गैंडाकोट, ११ पुस । लेखक धर्म सापकोटा राजुको `बाहेक´ उपन्यासको गृह विमोचन गरिएको छ । अक्षर समूह चितवनले बिहीबार गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, उदय अधिकारी, रमेश प्रभात, रञ्जना लामिछाने र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् । कृति विमोचनपछि प्रतिष्ठानका कुलपति विनोदीले ऊर्जाशील मस्तिष्कको […]

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन, ११ पुस । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तृशल महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो […]

कटावको ‘माया के हो’ को ग्राण्ड प्रिमियर

चितवन, ११ पुस । चितवनको कटाव दि स्कार्पमेन्टको ‘माया के हो’ को अफिसियल म्युजिक भिडियोको ग्राण्ड प्रिमियर भएको छ । एडम्स लाउन्जमा आयोजित एक कार्यक्रमका बिच प्रिमियरसँगै गीत सार्वजनिक गरिएको हो । प्रिमियरसँगै गीत उक्त कटावको युट्युब च्यानलमा पनि सार्वजनिक भएको छ । एक दशक अघि स्थापित ब्याण्डले यो गीत तयार पारेको ७-८ वर्ष भईसके […]

इच्छाकामनाका विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण

चितवन, ११ पुस । इच्छाकामना गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित आधारभूत विद्यालय छापाडाँडा तथा वडा नम्बर ३ स्थित आधारभूत विद्यालय तुन्तेषमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सामग्री प्रदान गरिएको हो । लायन्स क्लब अफ भरतपुर ब्लु स्काई र लायन्स क्लब अफ भरतपुर उज्यालोको […]