कवि मेनकाको `मनको अदालत´ सार्वजनिक

गैंडाकोट, २ कात्तिक । कवि मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह `मनको अदालत´ लोकार्पण गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार गैंडाकोटमा आयोजित ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गर्नुभएको हो । कृतिमाथि प्राध्यापक […]

`वरिष्ठ बलराम’ मा दयाहाङसँग कुम जुधाउँदै विजय बराल

काठमाडौं, २ कात्तिक । यहि कात्तिक ६ गते भाइटीकाका दिन नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो चलचित्रमा कस्ता देखिनेछन् ? हेर्न पाइने छ । ‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय […]

मुख्यमन्त्री बानियाँले दिए विपन्नलाई घर

मकवानपुर, २ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरकाे मनहरीका एक जना विपन्न महिलाका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् । जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर ९ की मिठुमाया सुनारको लागि उनले घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । ४ लाख ६५ हजार रुपैयाँ लागतको भूकम्प प्रतिरोधी उक्त घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले […]

कविडाँडा आख्यान पुरस्कार `हिउँको गीत´लाई, प्रतिभा पुरस्कार घोषणा

भरतपुर, २ कात्तिक । चितवनमा लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको कविडाँडा साहित्य समाजले नेपाली साहित्यको प्रवर्द्धन र प्रोत्साहनका लागि आगामी वर्षदेखि “कविडाँडा प्रतिभा पुरस्कार” घोषणा गरेको छ । शनिबार ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न कविडाँडा आख्यान पुरस्कार अर्पण समारोहमा समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार वितरण गरिने घोषणा गरेका हुन् । अध्यक्ष […]