गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि […]
दियालोको सेवा बाह्रघरेबाट पनि

भरतपुर, २३ भदौ । विगत सात वर्षदेखि नारायणघाटको आनन्दमार्गबाट सेवा दिँदै आएको दियालो स्टोर्सले बाह्रघरेचोकबाट पनि सेवा दिन थालेको छ । शुक्रबारदेखि बाह्रघरेचोकमा दियालो मार्टको रूपमा सेवा दिन थालेको हो । घरायसी प्रयोजनको लागि आवश्यक सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी मार्टको पहिलो शाखा स्थापना गरिएको दियालो स्टोर्सका अध्यक्ष मुकुन्दहरि गौतमले जानकारी दिए । […]
सम्पूर्ण किताबमा दशैँ – तिहार पुस्तक मेला सुरु, छात्रालाई शैक्षिकसामग्री दिएर उद्घाटन

भरतपुर, २३ भदौ । नारायणगढस्थित सम्पूर्ण किताबले सातौँ वार्षिकोत्सवको अवसर पारेर सोमबारदेखि दसैँ–तिहार पुस्तक मेला सुरु गरेको छ । भरतपुर–२४ जगतपुरस्थित सिद्धार्थ माविकी कक्षा ९ की छात्रा सलिना पुरीलाई छात्रवृत्ति प्रदान गर्दै मेलाको उद्घाटन गरिएको हो । सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले हरेक वर्ष एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने परम्पराअनुरूप यस वर्ष पनि सलिनालाई छात्रवृत्ति प्रदान […]