एनआरएनए कोष्टाव्लाङ्काको नेतृत्व लिए विपिनले, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

स्पेन, १० असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् । तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. वृहस्पति […]
भरतपुर मेयर कप : क्वाटरफाइनल समीकरण पूरा

चितवन, १० असार । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार थप ४ खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा जनज्योति माविले सरस्वती माविलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलमा जनज्योति ३-१ ले विजयी भयो । कृष्णपुरमा […]
भद्रकाली माविमा नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम सुरु

चितवन, १० असार । रत्ननगरस्थित भद्रकाली माध्यमिक विद्यालयमा नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । रत्ननगरक नगरपालिका वडा नम्बर – १६ हात्तीगाडेमा रहेको उक्त विद्यालयमा सोमबारबाट सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जीतबहादुर थापा र वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको […]
शिक्षिकाको जन्मदिनमा विद्यार्थीलाई `मुना´ उपहार

भरतपुर, १० असार । भरतपुर- ५ स्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिका सरस्वती पौडेलले जन्मदिनको अवसर पारेर आफ्नो विद्यालयका सबै विद्यार्थीलाई `मुना´ बालपत्रिका उपहारस्वरूप उपलब्ध गराउनुभएको छ । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई करिव ३५० थान मुना उहाँले वितरण गर्नुभयो । शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर उनीहरूलाई सिर्जनात्मक यात्रामा […]