भरतपुर, १० असार ।
भरतपुर- ५ स्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिका सरस्वती पौडेलले जन्मदिनको अवसर पारेर आफ्नो विद्यालयका सबै विद्यार्थीलाई `मुना´ बालपत्रिका उपहारस्वरूप उपलब्ध गराउनुभएको छ ।
विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई करिव ३५० थान मुना उहाँले वितरण गर्नुभयो ।
शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर उनीहरूलाई सिर्जनात्मक यात्रामा डोहोर्याउन पहल गरिएको बताउनु भयो । प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर अनुकरणीय काम गरेको बताउनु भयो । मुनालगायतका अतिरिक्त पुस्तक पत्रिका पढ्ने बानीले विद्यार्थीलाई अगाडि बढ्न सजिलो हुने प्रधानाध्यापक चालिसेले बताउनु भयो ।
शिक्षिका पौडेल गजल मञ्च चितवनकी कोषाध्यक्ष हुनुहुन्छ । मुना वितरण कार्यक्रममा स्रस्टाहरु उदय अधिकारी र लेखराम सापकोटाको पनि उपस्थिति थियो ।