गायत्री म्याम, हामी कस्तो वर्तमान भोगिरहेका छौँ हँ ?

चिनजानमा गायत्री अधिकारी आज आफ्नो छुट्टै पहिचान भए पनि मेरो हकमा गायत्री अधिकारीलाई चिन्ने सूत्र हुन् उदय अधिकारी । त्यसो त मलाई साहित्यमा पाइला चाल्न सधैँ घच्घच्याउने दाजु हुन् उदय अधिकारी । पञ्चायत कालमा सञ्चालित समाज सेवा युवा क्लवदेखिन नै उहाँसँगको चिनजान । त्यतिबेला उहाँको घर मेरो लागि साहित्यिक तीर्थस्थल । हप्तामा कम्तीमा एक पटक […]

ग्रीनल्याण्डमा पूर्व प्रहरी महानिरीक्षक खनालको मोटिभेसनल सेसन

भरतपुर, १० वैशाख । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मोटिभेसनल सेसन सम्पन्न भएको छ । ग्रीन आर्मी नेपालको आयोजनामा स्कुलको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ग्रीनल्याण्ड स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता पूर्व प्रहरी महानिरीक्षक खनालले विभिन्न विषयमा उत्प्रेरणा प्रदान […]

खेलाडीका लागि बागमती प्रदेशले नयाँ ढङ्गका कार्यक्रम ल्याउने

मकवानपुर, १० वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा–६ स्थित गौरीटार रङ्गशालामा निर्माण भएको फुटबल मैदानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । उनले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताए । सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व […]

ब्रेनब्रिज एजुकेसनले चितवनका विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर, १० वैशाख । काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही वैशाख महिनादेखि चितवनमा शाखा विस्तार गर्ने भएको हो । चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा […]

पुष्पाञ्जली हस्पिटलमा ग्रीनल्याण्ड स्कुल परिवारलाई उपचारमा २५ प्रतिशत छुट

भरतपुर, १० वैशाख । भरतपुर महानगरपालिका- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल र श्री पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । स्कुल र हस्पिटलबीच उपचार सेवा छुटको विषयमा सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले स्कुलका शेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट दिनेछ । उपचारसँगै विभिन्न परीक्षणमा पनि […]