सकियो १५औँ संस्करणको चितवन महोत्सव

भरतपुर, १० माघ । १५ औँ संस्करणको चितवन महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा पुष २५ गतेदेखि सुरु भएको महोत्सव बिहीबार साँझ समापन गरिएको हो । संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले १५ दिनअघि महोत्सवको उद्घाटन गरेका थिए । […]

ट्राफिकले नै देख्दैनन् खुइलिएका नम्बर प्लेट !

भरतपुर, १० माघ । चितवनका सडकमा गुड्ने मोटरसाइकल र स्कुटरका नम्बरप्लेट नियालेर हेर्ने हो भने धेरै नम्बरप्लेट खुइलिएका भेटिन्छन् । तर ती मोटरसाइकल निर्वाध कुदिरहेका हुन्छन् । कायाकैरन प्रतिनिधिले बिहीबार नारायणगढ र भरतपुरका सडकमा कुदिरहेका मोटरसाइकललाई चासो दिएको थियो । ती मध्ये केही नम्बरप्लेट पूर्णरूपमा खुइलिएका थिए भने केही धमिलोधमिलो तर नजिकैबाट हेर्दा मात्रै बुझिने […]

बागमतीमा सहिद दिवस ३ दिन मनाइने

मकवानपुर, १० माघ । बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ तीन दिन मनाउने भएको छ । प्रदेश सरकारले माघ १४, १५ र १६ गते तीन दिन प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाउने निर्णय गरेकाे हाे । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाहरूकाे भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका […]

बालमाविद् अलम्नाइमा वामदेव शर्माको नेतृत्व

चितवन – भरतपुर महानगरपालिका-२, नारायणगढमा रहेको बालकुमारी माविका पूर्वविद्यार्थीहरूको संगठन बालमाविद् अलम्नाइ एसोसिएसनको दसौँ अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले एसएलसी ब्याच २०३८ का वामदेव शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्समितिको उपाध्यक्षमा सनदकुमार पिया, सचिवमा सूर्यप्रकाश कँडेल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यमा शेषमणि भट्टराई, भरतकुमार श्रेष्ठ र दिलमाया पोखरेल […]