सिन्धुलीमा चट्याङ लागेर महिलाको मृत्यु
सिन्धुली, १० भदौ । सिन्धुलीको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–१ शिखर बस्ने छलिमाया थिङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३ माडीस्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमा नै मृत्यु भएको हो । […]
सनराइजमा सकियो नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम

भरतपुर, १० भदौ । सनराइज स्कुलको आयोजनामा तीनदिने मोडेल युनाइटेड नेसन्सको पहिलो संस्करण सोमबार समापन भएको छ । भदौ ८ गतेबाट विभिन्न १२ वटा विद्यालयका १२० प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा चारवटा विभिन्न समितिहरु रहेका थिए । उक्त समितिहरूले विश्व परिवेशका समसामयिक मुद्दाहरुमा रहेर बहस तथा छलफल प्रस्तुत गरेका थिए । विद्यालयका उपप्राचार्य भूमिराज तिवारीको अध्यक्षतामा […]
होटलमा युवती मृत फेला, हत्या गरिएको आशंका
मकवानपुर, १० भदौ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा हेटौँडा ११ की अन्दाजी २४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित होटलमा बसेको र बिहान अबेरसम्म कोठा नखुलेपछि जिल्ला […]
बागमती संसदीय समितिमा तीन विधेयक विचाराधीन
मकवानपुर, १० भदौ । बागमती प्रदेशसभाको संसदीय समितिमा ३ विधेयक एक वर्षदेखि अड्किएको छ । दफाबार छलफलसहित निर्णयका लागि पठाएको ३ विधेयक संसदीय समितिमा नै अड्किएको हो । प्रदेशसभा संसदीय समितिको बैठक नियमित र व्यवस्थित हुन नसक्दा एक वर्षदेखि प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ (संशोधन), प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश […]
कवि घिमिरेका `मुग्लान´ र `पथिक´ सार्वजनिक

भरतपुर, १० भदौ । कवि एवम् महाकाव्यकार होमनाथ घिमिरेका `मुग्लान´ महाकाव्य र `पथिक´ खण्डकाव्यको लोकार्पण गरिएको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति एवम् कार्यक्रमका प्रमुख अतिथि इन्द्र रेग्मी, लेखकका सासुससुरा, साहित्य सङ्गमा चितवनका अध्यक्ष प्रकाश चापागाईं, प्राज्ञ रामहरि श्रेष्ठ, रामहरि शर्मा र केशवराज आमोदीले पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रमपछि मुग्लान महाकाव्यमाथि लकाश पौडेल […]
जापानका विभिन्न शहरमा प्रदीप रोदनको गजल साँझ हुँदै

नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थिति गराइ विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले यसपटक फरक कार्यक्रमको आयोजना गरेको छ । जापानमा पहिलोपटक नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ हुन लागेको हो । आगामी अगष्ट ३१ तारिकमा राजधानी टोकियोको […]
चिसापले `कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति´ र `संवेदनाको समायोग´ लाई पुरस्कृत गर्दै

भरतपुर, १० भदौ । चितवन साहित्य परिषद्ले प्रदान गर्ने दुईवटा पुरस्कार सार्वजनिक गरेको छ । शनिबार बसेको परिषद्को बैठकले चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार – २०८० यज्ञराज उपाध्यायको `काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति´ र चिसाप माधव खनाल साहित्य पुरस्कार – २०८० ज्ञानु अधिकारीको `संवेदनाको समायोग´लाई अर्पण गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी […]
भरतपुरमा विद्युतीय म्याजिकको बुकिङ खुल्यो

भरतपुर, १० भदौ । विद्युतीय कारमात्र होइन भ्यान र माइक्रोबसमा समेत उपभोक्ताको आकर्षण बढ्दै गइरहेका बेला नयाँ विद्युतीय म्याजिक नेपाल आएको छ । एसआरएम ब्रान्डले नेपालमानै पहिलो पटक छोटो दुरीलाई लक्षित गरेर नयाँ विद्युतीय म्याजिक बजारमा ल्याएको हो । इनर्जी मोटर्स प्रालिले एसआरएम म्याजिक इभिको भरतपुर केन्द्रीय बस टर्मिनलमा रहेको आफ्नो शाखामा एक कार्यक्रमका बीच […]