सिन्धुली, १० भदौ ।
सिन्धुलीको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–१ शिखर बस्ने छलिमाया थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३ माडीस्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमा नै मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा हरिहरपुगढी–१ शिखर बस्ने वर्ष ४० वर्षीया लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीया सुशीला रुम्वा रहेकी छिन् । चट्याङ लागेर लुकुमायाको दाहिने खुट्टा, जिउ, टाउको र मुटु दुख्ने समस्या देखिएको छ भने सुशीलाको कान नसुन्ने, टाउको, शरिर दुख्ने समस्या देखिएको छ । उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुरकाे बागमती गाउँपालिकास्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




