चिसापले `कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति´ र `संवेदनाको समायोग´ लाई पुरस्कृत गर्दै

भरतपुर, १० भदौ ।
चितवन साहित्य परिषद्ले प्रदान गर्ने दुईवटा पुरस्कार सार्वजनिक गरेको छ । शनिबार बसेको परिषद्को बैठकले चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार – २०८० यज्ञराज उपाध्यायको `काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति´ र चिसाप माधव खनाल साहित्य पुरस्कार – २०८० ज्ञानु अधिकारीको `संवेदनाको समायोग´लाई अर्पण गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशी ३५ हजार ४५ रुपैयाँ छ । १५९ औँ मोतीजयन्तीको अवसरमा भदौ १५ गते कार्यक्रम गरी पुरस्कार अर्पण गरिने परिषद्का अध्यक्ष केदारनाथ खनालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट