आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल

भरतपुर, १८ असार । भरतपुर–११, नहरचोक नजिक रहेको आरम्भ कलेजका विद्यार्थीले आइतबार चितवन उद्योग संघमा आइतबार आयोजित एक कार्यक्रममा उद्यमशीलताबारे छलफल गरेका छन् । उद्योग संघको महिला उद्यमी मञ्चले आरम्भ कलेजसँगको सहकार्यमा आयोजना गरेको समूहगत छलफल कार्यक्रममा सहभागी विद्यार्थीले छलफलमा भाग लिएका हुन् । आरम्भ कलेजका प्राचार्य सुरज शिवाकोटीले कलेजका ६५ जना विद्यार्थी कार्यक्रममा सहभागी […]
आरम्भ कलेजमा रहेको ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन

भरतपुर, १८ असार । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था लिड एक्स नेपालको सहयोगमा आरम्भ कलेजमा स्थापना गरिएको ‘आरम्भ इन्नोभेसन हब’ को आइतबार एक समारोहबिच उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका सहसंस्थापक डा. छिरिङ लामाले इन्नोभेसन हबको उद्घाटन गरेका हुन् । लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा […]
सेफ सन्तोष शाहद्वारा आरम्भ कलेजका विद्यार्थीसँग अन्तरक्रिया

भरतपुर, १८ असोज । अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त गरेका सेफ सन्तोष शाहले आइतबार आरम्भ कलेज परिसरमा त्यहाँका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । आरम्भ कलेजले आयोजना गरेको कार्यक्रममा सेफ शाहले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् । सेफ शाहले विद्यार्थीहरुलाई उत्प्रेरणा दिँदै आफूले सफल हुन गरेका संघर्षको कथा सुनाएका थिए । उनले बिबिसी सेफ च्याम्पियनसीप […]
आरम्भ कलेजमा ‘पब्जी’ प्रतियोगिता सम्पन्न
भरतपुर, १८ असार । इन्ट¥याक्ट क्लब अफ सनराइजले आयोजना गरेको ‘पब्जी’ अनलाइन खेल प्रतिस्पर्धाको सेमीफाइनल र फाइनल खेल शनिबार र आइतबार आरम्भ कलेज भरतपुरमा सम्पन्न भएको छ । फाइनलमा पुगेका १६ वटा समूहमध्ये काठमाडौंको फोर डिएम समूहले उपाधि जितेको छ । उपाधि विजेता फोर डिएमले ३० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगितामा दोस्रो हुने […]
यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
हेटौंडा, १८ असार । मकवानपुरको मनहरी गाउँपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मनहरी गाउँपालिकामा रहेको एक माध्यमिक विद्यालयका शिक्षकले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै छात्राले उजुरी दिएपछि मकवानपुर प्रहरीले उनलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका […]
बीपी कोइराला सम्बन्धि अनुवादक घिमिरेको पुस्तक अमेरिकामा लोकार्पण

लेखक तथा अनुवादक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण कार्यक्रम संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । जयनेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको प्रमुख अतिथि जयनेपाल इन्टरनेशनल फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष, संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. यादव पण्डित हुनुहुन्थ्यो […]
सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति

काठमाडौं, १८ असार । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ । दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने […]