यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा, १८ असार ।

मकवानपुरको मनहरी गाउँपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मनहरी गाउँपालिकामा रहेको एक माध्यमिक विद्यालयका शिक्षकले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै छात्राले उजुरी दिएपछि मकवानपुर प्रहरीले उनलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार असार १६ गते आफूमाथि यौन दुर्व्यवहार भएको भनी १३ वर्षीया बालिकाले विद्यालयका प्रधानाध्यापकलाई निवेदन दिएकी थिइन् ।

पीडित बालिकाले निवेदन दिएपछि विद्यालयमा छलफल भई ईलाका प्रहरी कार्यालय लगिएको थियो । बालिकामाथि भएको दुर्व्यवहारको घटनामा छलफल हुँदैन भनी जिल्ला प्रहरी कार्यालयमा पठाइएको कालाखेतीले जानकारी दिए । यस घटनालाई गम्भीर रुपमा लिई घटनाबारे विद्यालय व्यवस्थापन समिति, स्थानीय र जनप्रतिनिधि बिच छलफल समेत भइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका शिक्षकलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट