आरम्भ कलेजमा रहेको ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन

भरतपुर, १८ असार ।

जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था लिड एक्स नेपालको सहयोगमा आरम्भ कलेजमा स्थापना गरिएको ‘आरम्भ इन्नोभेसन हब’ को आइतबार एक समारोहबिच उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका सहसंस्थापक डा. छिरिङ लामाले इन्नोभेसन हबको उद्घाटन गरेका हुन् ।

लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरु खोज्न सिकाउने र सघाउने काम गर्दै आएको छ । यसले व्यक्तित्व विकास र पेशागत क्षमताको अभिवृद्धिमा समेत सहायता गर्ने गरेको छ । फोर्थ भ्याली कन्सियर्सले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको पहुँच र व्यक्तिगत पहुँचमा सहयोग गर्छ । यसको अन्तर्राष्ट्रिय सञ्जाल १ सय ८६ देशमा फैलिएको छ । सोचदेखि उद्योगसम्म भन्ने नारा बोकेको आइडिया स्टुडियोले नीति, ज्ञान र अभयासमा सहयोग गर्दै आएको छ ।

आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले माथि उल्लेखित कम्पनीहरुसँगकोे सहकार्यमा आरम्भ इन्नोभेसन हबमा विद्यार्थीहरुको नवीन सोचलाई आकार दिने काम हुने बताए । ‘इन्नोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विदार्थीहरुको व्यक्तिगत विकासमा सहयोग गर्छ’ शिवाकोटीले भने, ‘एक वर्षभित्रमा पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौं ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट