नारायणगढमा निकालियो रोपाइँ जात्रा

भरतपुर, २० भदौ । कृष्ण जन्माष्टमीका दिन नारायणगढमा रोपाइँ जात्रा निकालिएको छ । जिल्लाको पुरानो सांस्कृतिक संस्था नारायणी कला मन्दिरले २०४८ सालदेखि रोपाइँ जात्रा आयोजना गर्दै आएको छ । नेवार समुदायले निकाल्ने रोपाइँ जात्रामा नेवारमात्रै नभएर पछिल्लोपटक सबै समुदायका मानिसहरू सहभागी हुन थालेका नारायणी कला मन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले बताए । `पहिला पहिला नेवार समुदायको […]

राप्ती कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता : राप्ती-२ विजयीको सुरुवात

राप्ती, २० भदौ । राप्ती नगरपालिका वडा नम्बर ५ को मंगलटाँडी खेल मैदानमा सुरु भएको राप्ती कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा राप्ती-२ ले विजयी सुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा राप्ती-२ ले राप्ती-५ विरुद्ध जित निकालेको हो । यो जितसँगै राप्ती-२ क्वाटरफाइनलमा प्रवेश गरेको […]

पार्टीभित्र उमेर होइन एजेन्डा हेर्नुपर्छ : केसी

भरतपुर, २० भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र उमेर होइन, एजेन्डा हेर्नुपर्ने बताएका छन् । अहिले भैरहेका गुट उपगुट टुटफुट भएर नयाँ गुट जन्मिने तर अनुभव र उमेरले पाकेका मान्छेबाट मात्रै स्वार्थको नभएर संकल्पको राजनीति हुने बताएका हुन् । अहिलेको समयमा सबैले चाहेका नेता गगन थापा होलान् तर उनको नेतृत्वको अनुभव कम […]

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौँ, २० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट […]

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारबाट टाउको र जिउमा चोट लागेको छ । खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका यादवमाथि चोट लागेको अस्पतालले बताएको छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ। ‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान […]

नियात्राकार रेग्मीलाई अनेवा पुरस्कार दिइने

भरतपुर, २० भदौ । सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको हालै सम्पन्न बैठकले ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र जया […]