कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण

काठमाडौं, २० भदौ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारबाट टाउको र जिउमा चोट लागेको छ ।

खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका यादवमाथि चोट लागेको अस्पतालले बताएको छ ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ। ‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान गर्न पठाइएको छ। सिटी स्क्यानपछि उपचारको थप उपचार प्रक्रिया अघि बढ्छ,’ रिजालले भने ।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ समेत गरिसकेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट