माडीमा नारायणगढ रोटरीको सोलार सिंचाई आयोजना

माडी, ३ भदौ । रोटरी क्लब अफ नारायणगढले माडीको अम्रौलीमा सिंचाई आयोजना सुरु गरेको छ । एक करोड ३६ लाख १० हजार ४२५ रुपैयाँको लागतमा आयोजना निमार्ण गर्न लागिएको हो । आकाशे पानीको भरमा खेती गर्दै आएका माडी नगरपालिका वडा नम्बर-४ को अम्रौली र बिराचीका कृषकको लागि सोलारमा अधारित बोरिङ स्थापना गर्न लागिएको हो । […]

स्पेन फिफा महिला विश्वकप च्याम्पियन

ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ । आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो । २९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो ।  कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको […]

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् । चितवन राष्ट्रिय […]

नारायणीमा बेपत्ता भएका पुलामीको शव फेला

देवचुली, ३ भदौ । नारायणी नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका देवचुलीका मंगल पुलामीको शव फेला परेको छ। कावासोती- ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल पुलामी बेपत्ता भएका थिए । पुलामी बेपत्ता भएदेखि नै आफन्तलगायत स्थानीय र माझीहरुले खोजी गरिरहेका थिए । देवचुली […]

देवचुलीमा किशोरी भलिबल प्रशिक्षण सुरु

देवचुली, ३ भदौ । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुलाई भलिबल प्रशिक्षण सुरु गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा वडा खेलकुद समितिको आयोजनामा शनिबारबाट भलिबल प्रशिक्षण सुरु गरिएको हो । किशोरीहरुलाई भलिबल खेलको निरन्तर अभ्यास गराउन र विभिन्न प्रतियोगितामा सहभागी गराउनका लागि प्रशिक्षण राखिएको जिल्ला भलिबल संघका उपाध्यक्ष […]

गैंडाकोटमा बोखिमको `गोधूलि गीत´को परिचर्चा

गैंडाकोट, ३ भदौ । भानु बोखिमको उपन्यास ‘गोधुलि गीत’को समीक्षात्मक कार्यक्रम गरिएको छ । उपन्यासमा दश वर्ष लामो माओवादी युद्ध र त्यसको प्रभावको विषय समेटिएको छ । लेखक सिर्जन अविरलले सहजीकरण गरेको अन्तरक्रियामा समीक्षक प्रभा मरहट्ठा, अविरल यात्री र लेखक बोखिम सहभागी थिए । शनिबार द नारायणी रिसोर्ट गैंडाकोटमा कार्यक्रम गरिएको हो । प्रभा मरहट्ठाले […]