२०८० साउन १ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

नारायणगढमा मनाइयो गठेमङ्गल जात्रा

भरतपुर, ३१ असार । नेवाः पुचः नारायणगढले शनिबार गठेमङ्गल जात्रा मनाएको छ । वर्षभरिका चतुर्द्शीमध्ये गठेमङ्गल चतुर्दशीको महत्व फरक र व्यवहारिक भएको स्थानीय बताउँछन् । कला, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने संस्थाको उद्देश्य अनुरुप गठेमङ्गल जात्रा मनाउने कार्यक्रमलाई निरन्तरता दिइएको जात्रा संयोजक दीपक श्रेष्ठले बताए । यस दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै […]
डिला खरेलले भने – हामी रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं

एडिलेड – गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा पदमा उम्मेदवार दिएका डिला खरेलले आफू निर्वाचित भए रोजगारीको अवसर सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यही महिनाको २९ तारिखमा हुन लागेको चुनावका लागि विभिन्न स्टेटमा अभियान सुरु गरेका उम्मेदवार खरेलले एडिलेडमा आयोजित छलफल कार्यक्रममा ‘एक एनसीसी, एक लगानी, एक रोजगार’ आयोजना नेपालमा सुरु […]
नारायणगढको इतिहास र भरतपुर घटनापछिको त्रासदी

वामदेव खनाललाई राजनैतिककर्मीका अलावा सामाजिक व्यक्तित्वका रुपमा चिन्ने गरिन्छ । नेपाली काँग्रेसको राजनीति गरेका, बहुुदलको पुनर्बहालीपछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगपालिकाको वडा नम्बर ४ मा वडाध्यक्षमा विजयी भएका व्यक्ति हुन् खनाल । हालको चितवन उद्योग संघ र तत्कालीन चितवन घरेलु तथा साना उद्योग संघको ४७ सालमै अध्यक्ष भएका व्यक्ति पनि हुन् […]
ग्यास, पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र अन्य इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ। ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा […]
नयाँ राजनीतिक दल बनाएर भए पनि निर्वाचनमा जान्छौं : इमरान खान

इस्लामावाद- पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताएको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ । मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा संलग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान […]