अन्नपूर्णा माविमा क्याटको अक्षयकोष

भरतपुर, २४ वैशाख । चितवन सहायता कोष (क्याट)ले भरतपुर-२१ स्थित अन्नपूर्णा माविमा अक्षयकोष स्थापना गरेको छ । कोषका अध्यक्ष रितेशराज पाण्डे, महासचिव रमेशकुमार श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल गुरूङको उपस्थितिमा विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नकालागि रू. एक लाखको चितवन एड ट्रष्ट युके नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो । […]

शंकरको अवसान र उद्वेलित मनोदशा

निरन्तरको झरीले वैशाखका दिन पनि हिउँदजस्ता चिसा लाग्दै थिए । अँध्यारिएको मौसमले मनमा उदासी छाइरहेको बेला अझ उदास बनाउने अर्को खबर आयो, गत मंगलबारको साँझमा । स्कूले सहपाठी तथा पछिल्लो कथासंग्रह ‘जेम्स बौलाएको दिन’ का लेखक सीताराम कोइरालाले सुनाए, ‘गणेश, शंकर कँडेलले आत्महत्या गरेछन् ।’ पछि अर्का साथी कृष्ण भुसालले त्यस दुःखद खबरको पुष्टि गरे […]