जुत्ता, चप्पल मेला ग्राहकमैत्री

भरतपुर, २ चैत भरतपुरमा जारी प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९ ग्राहकमैत्री बनेको निष्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भइरहेको प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबर्द्धन मेला २०७९ को प्रदर्शनी समीक्षा कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो । स्वदेशी उत्पादन र स्वदेशी उद्योगको […]

युथ क्लबमा वसन्त काव्य उत्सव

भरतपुर, २ चैत । युथ क्लब नारायणगढले वसन्त काव्य उत्सव आयोजना गरेको छ । `नारायणीका लहर लहरमा सृजनाका तरङ्गहरू´ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणी किनारमा रहेको क्लबको हलमा कार्यक्रम गरिएको हो । वसन्त ऋतु आरम्भ भएको अवसर पारेर काव्य उत्सव गरिएको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले बताए । […]

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपाल विश्वकप छनोटमा पुगेको छ । ४४ ओभरमा २ सय ६९ रन बनाएको नेपालले डिएल आधारमा जितेको हो । पानी पर्न थालेपछि रेफ्रीले उक्त विधिबाट नेपाललाई विजयी घोषणा गरेका हुन्।

भारतबाट घटेर आयो इन्धनको मूल्य

भरतपुर, २ चैत । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो। आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ […]

तेस्रो जीतका लागि आज नेपाल युएईसँग भिडदै

काठमाडौं, २ चैत । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ । त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुईपटक पराजित गरिसकेको छ । यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको […]