२०७९ मंसिर ४ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त
कपिलवस्तु, ३ मंसिर । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट […]
मतदान गर्न चितवन आइपुगे प्रचण्ड

भरतपुर, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिबार नै चितवन आइपुगेका हुन् । उनले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नेछन् । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनले मताधिकार […]
प्याड बनाउन सिकाउँदै किशोरीले मनाए बाल दिवस

कावासोती, ३ मंसिर । कावासोतीका किशोरीहरुले प्याड बनाउन सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । शनिबार कावासोती- १० का किशोरीहरुले किशोरी र आमाहरुलाई महिनावारी सरसफाई र पुन:प्रयोग योग्य प्याड आफैंले निर्माण गर्ने तालिम प्रदान गरेर दिवस मनाएका हुन् । कावासोती नगरपालिकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरी अभियन्ताहरुले किशोरी अधिकार र बाल अधिकारको बारेमा विभिन्न […]
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, निर्धक्क भएर मतदान गर्नुस् : आयुक्त थपिलया

कठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले भोलि (आइतबार) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेको छ । शनिबार आयोगको केन्द्रीय कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले मतदाताहरूलाई निर्धक्क भएर मतदान […]
यसरी हेर्न सकिन्छ नेपाल टेलिकमको ‘एनटीटीभी’मा विश्व कप फुटबल

काठमाडौँ, ३ मंसिर । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वर्ल्ड कप प्याकेज (फिफा वर्ल्ड कप प्याकेज) उपलब्ध गराउने भएको छ । फिफा वर्ल्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगइ घरमै बसेर पनि खरिद गर्न […]
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

डडेल्धुरा, ३ कात्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका […]
बुथ कब्जा र फर्जी मतदान रोक्न छुट्टै संयन्त्र परिचालन

काठमाडौं, ३ मंसिर। बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी पार्नका लागि गृह मन्त्रालयले छुट्टै संयन्त्र परिचालन गरेको छ। यस्ता, गतिविधिमा संलग्न व्यक्ति र सहयोग गर्ने कर्मचारीलाई तत्कालै कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोज्नेलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र […]
रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा, ३ मङ्सिर । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ […]
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

ढोरपाटन, ३ मङ्सिर । “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” […]
चितवनमा तीन स्थानमा शङ्कास्पद वस्तु फेला
चितवन, ३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै […]
चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

भरतपुर, ३ मंसिर । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ […]
सवारी दुर्घटनामा पत्रकार कंडेलको निधन

बुटवल, ३ मंसिर । रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले ठक्कर दिँदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो । रुपन्देहीको सैनामैना नगरपालिका-१ रानी […]