कावासोतीलाई बालमैत्री नगर गराउन अभिमुखीकरण

कावासोती, ६ कात्तिक । कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडास्तरीय बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखीकरण सम्पन्न भएको छ । शनिबार कावासोती नगरपालिका वडा नम्बर ९ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कावासोतीमा संचालित किशोरी सशक्तिकरण […]

हैदरावादमा गुन्जिए कमल सङ्घर्ष

हैदरावाद, ६ कात्तिक । गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतको तेलाङ्गाना राज्यमा सम्पन्न भएको छ । आइतबार हैदरावादमा गजल सङ्ग्रह खुडी र सडकलाई स्वागत तथा सङ्घर्षको गजल वाचन आयोजना गरिएको थियो । सुदूरपश्चिमेली नेपाली समाज, तेलाङ्गाना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा प्रवासमा रहेका साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्घर्षले करिव २ दर्जन […]

आयरल्याण्डमाथि श्रीलंकाको सहज जीत

होबार्ट, ६ कात्तिक । आइसीसी टिट्वान्टी विश्व कपको सुपर १२ अन्तर्गत आइतबार आयरल्याण्ड विरुद्धको खेलमा श्रीलंका ९ विकेटले विजयी भएको छ । जीतका लागि १२९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा लक्ष्य भेट्टाएको हो । श्रीलंकाको जीतमा कप्तान कुशल मेन्डिसले ४३ बलमा ६८ रन बनाए । उनको पारीमा पाँच चौका र […]

भारतको जीतमा कोहली नायक

मेलबर्न, ६ कात्तिक । अष्ट्रेलियामा जारी आईसीसी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई चार विकेटले हराएको छ । दायाँ हाते ब्याट्सम्यान विराट कोहलीको उत्कृष्ट पारीको सहयोगमा भारतले पाकिस्तानमाथि सनसनीपूर्ण जीत दर्ता गराएको हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको ब्याटिङ सुरुवाती अवस्थामा भने […]

बुद्धचोकमा खुल्यो आदर्श सुपर स्टोर्स

चितवन, ६ कात्तिक। भरतपुर महानगरपालिका वडा नम्बर ७, बुद्धचोकमा आइतबारदेखि आदर्श सुपर स्टोर्सले कारोबार सुरु गरेको छ । भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले बुद्धचोकमा रहेको डिपार्टमेन्टल स्टोर्सको उद्घाटन गरेका हुन् । वडाध्यक्ष काफ्लेले पछिल्लो समय किनमेल सँस्कृतिको विकास भइरहेकोले मुख्य शहरदेखि भित्रका बजार क्षेत्रमा धमाधम सपिङ सेन्टर, मल, डिपार्टमेन्टल स्टोर खुल्न थालेको बताए । उनले […]

मनोजको `टुवरा´ उपन्यास सार्वजनिक

भरतपुर, ६ कात्तिक । आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास `टुवरा´ सार्वजनिक भएको छ । टुवरालाई माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले विमोचन गरेका हुन् । ‘टुवरा’ थारू भाषाकाे शब्द हाे । यसकाे अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा गरीब थारू किसानकाे कथाव्यथा समेटिएकाे लेखकले बताए । लेखक मनाेजकाे पहिलाे उपन्यास ‘टुकी’ २०७५ […]

मैयादेवीको सम्झनामा वीपी र पुष्पलाल

मैयादेवि श्रेष्ठ नेपाली राजनीतिमा चाख राख्ने र समाजसेवामा सक्रिय जो कोहीले चिनेको नाम हो । तनहुँ बन्दीपुरमा जन्मे पनि बाल्यकालमै उनको परिवार चितवन बस्न आयो । मैयादेविले चितवनमै राजनीति सुरु गरिन् । समाजसेवामा सक्रिय रहिन् । समाजसेवी, नेपाली कांग्रेस नेतृ एवं पूर्वसांसद  श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको […]

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडौं, ६ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार […]

व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन : पौड्याल

शिक्षण पेशाबाट सेवानिवृत्त उदय अधिकारी नेपाली र अंग्रेजी साहित्यको गहन अध्ययन गर्ने उम्दा पाठक हुन् । गतवर्ष प्रश्न नामक अन्तर्वार्ताको सँगालो पुस्तक प्रकाशित भएपछि उनी लेखकको कित्तामा समेत उभिएका छन् । नेपालका साहित्यकारहरुलाई पछ्याइरहने बानी परेका अधिकारीले प्राध्यापन पेशामा रहेका समालोचक, कवि एवं लेखक महेश पौड्याललाई डेढ दशकदेखि पछ्याइरहेका रहेछन् । उनै अधिकारीले पौड्याललाई गरेका […]

समाजसेवी मैयाँदेवी श्रेष्ठकाे ९४ वर्षकाे उमेरमा निधन

भरतपुर, ६ कात्तिक । समाजसेवी, नेपाली कांग्रेस नेतृ एवं पूर्वसांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । वि.सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयाँदेवी पिता बीरबहादुर […]