उपभोक्तावादले छोपिए मौलिक चाडपर्व

भरतपुर, ८ असोज । चाडबाडमा पुँजीवादको प्रभाव विषयमा छलफल गरिएको छ । लेट्सटकको विमर्श कार्यक्रममा पत्रकार रमेशकुमार पौडेल र विपिन पाठक सहभागी थिए । कवि एवम् शिक्षक विपिन पाठकले उपभोक्तावादले समाजलाई बेस्सरी गाँजेको बताए । पुँजीवादको प्रभाव पहिले-पहिले पनि परिरहेको अवस्थामा आजका दिनमा भने सिंगो समाज नै उपभोक्तावादबाट आक्रान्त बनेको उनले बताए । हिजोआज कुन […]

कालिका एफएम परिसरमा यमोसा उत्सव हुँदै

भरतपुर, ८ असोज । थारु संस्कृतिको जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुँदैछ । कालिका एफएम परिसरमा शनिबार विहान ११ बजेपछि यमोसा उत्सव कार्यक्रम हुन लागेको हो । कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा […]