हाम्रो मझेरी युवा पत्रकारिता सम्मानबाट कायाकैरनकर्मी रिजाल सम्मानित हुँदै

भरतपुर, २४ भदौ । हाम्रो मझेरी साहित्य प्रतिष्ठानले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न स्रस्टाहरूलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला-संस्कृति, पत्रकारिता गीतसंगीतलगायतका विभिन्न बिधामा साधनारत स्रस्टालाई सम्मान गर्न लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । सम्मानित हुन लागेका स्रस्टाहरूमा पत्रकार एवम् लेखक विनोदबाबु रिजाल पनि रहेका छन् । रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् […]

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

आँबुखैरेनी, २४ भदौ । कवि खुमनारायण पौडेल सम्मानित भएका छन् । आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको हो । शुक्रबार आँबुखैरेनीमा आयोजित एक कार्यक्रममाझ प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् । तीसको दशकदेखि कवितामा आफ्नो अलग […]

गैरआख्यानमा मानव सभ्यता, ब्रह्माण्ड विज्ञान साथै आधुनिक आर्थिक, सामाजिक र सांस्कृतिक ज्ञान पाइन्छ : मल्ल

सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा उनी सेवारत छन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख […]

रहिनन् बेलायती महारानी एलिजाबेथ

भरतपुर, २३ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो निधन भएको हो । उनले सात दशकभन्दा लामो समय शासन गरिसकेकी थिइन् । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि […]