बोझापोखरी सवस्टेशन र स्थानीयबीच ५ बुँदे सहमति

देवचुली, २४ साउन । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभी लाइनको अवरोध गर्ने स्थानीय र आयोजनाबीच ५ बुँदे सहमति भएको छ । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको रोहबरमा देवचुली- ९ को लोकाहा पुलदेखि पूर्वतर्फ निर्माण कार्यमा अवरोध भएको क्षेत्रका स्थानीयसँग छ्लफल गरि सहमति भएको हो । […]

देशभर हजार बढी कोरोना संक्रमित थपिए, २ को मृत्यु

भरतपुर,२४ साउन । मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै १ हजार ९० जनामा कोरोना देखिएको हो। पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। […]

बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत

भरतपुर, २४ साउन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो । मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित […]

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ, २४ साउन । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै […]

सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही

काठमाडौँ, २४ साउन राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो । विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद […]

प्रतिनिधिसभा: सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

काठमाडौँ, २४ साउन प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । उनले भने, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा […]

डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे, २४ साउन । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले […]

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

पाँचथर, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका हुन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडौं, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित […]

अमेरिका भन्छ –युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ

काठमाडौं, २४ साउन । युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् । ‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीनदेखि चार […]