सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको म्याद तीन महिना थपिने

काठमाडौँ, ३१ असार । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थपिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दुवै आयोगको पछिल्लोपटक थपिएको म्याद यही असार मसान्तमा […]
गर्मीले जनजीवन अस्तव्यस्त

महोत्तरी, ३१ असार । मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउछन् । मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या […]
जुम्लामा घर भासिँदा आमा र दुई छोराको मृत्यु

खलङ्गा, ३१ असार । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई […]
सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ […]
माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका […]
भण्डारा अस्पताल नाम मात्रैको अस्पतालमा सिमित!

राप्ती, ३१ असार । स्वास्थ्य सेवा उपयोग गर्न पाउनु नागरिकको दायित्व हो । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व पनि हो । तर यो दायित्वबाट राप्ती नगरपालिका भने पन्छिएको आभास हुन थालेको स्थानियको गुनासो रहेको छ । करिब ६४ हजार भन्दा बढी जनसंख्या रहेको जिल्लाको सुदुर पूर्वमा रहेको यस नगरपालिकामा एउटा नगर अस्पताल […]
२०७९ असार ३१ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)