गैंडाकोटको जनसंख्या ८० हजार ७३७

गैंडाकोट, १२ माघ । गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार ७३७ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ४२ हजार १२ र पुरुषको जनसंख्या ३८ हजार ७२५ रहेको छ । गैंडाकोट नगरपालिकामा पुरुषभन्दा महिलाको संख्या ३ हजार २८७ ले बढी […]
भरतपुर महानगरको जनसंख्या ३ लाख ६९ हजार ३७७

भरतपुर, १२ माघ । शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा भरतपुर महानगर तेस्रो स्थानमा परेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार चितवन जिल्लामा सबैभन्दा धेरै जनसंख्या पनि भरतपुर महानगरपालिकामा छ । यहाँको कुल जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख […]
राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

काठमाडौं, १२ माघ । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ […]
चितवनको जनसंख्या ७ लाख १३ हजार ७५०

भरतपुर, १२ माघ । राष्ट्रिय जनगणना २०७८ अनुसार चितवनको जनसंख्या ७ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार चितवनको जनसंख्या ७ लाख १३ हजार ७५० पुगेको हो । जसमा पुरुषको संख्या ३ लाख ४७ हजार १७३ तथा महिलाको संख्या ३ लाख ६६ हजार ५७७ रहेको छ । जिल्लामा पुरुषभन्दा महिलाको […]
नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघे

भरतपुर, १२ माघ । नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् । देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

भरतपुर, १२ माघ । चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा बुधवार ४ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जना संक्रमितको मृत्यु भएको हो । भरतपुर अस्पतालमा नवलपुरका तीन जना र मकवानपुरका एक जनाको मृत्यु भएको हो । कलेज अफ […]
चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

भरतपुर, १२ माघ । केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार भएको उपाधि भिडन्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबलाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो । बिएफसीले एभरेष्टलाई ३-० ले पराजित गर्यो । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनलमा प्रवेश गरेको हो । पहिलो पटक […]
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

काठमाडौँ, १२ माघ । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय […]
नार्फाभूमि गाउँपालिकाको जनसंख्या ४४२ मात्रै

भरतपुर, १२ माघ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार गाउँपालिकातर्फ मनाङको नार्फाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या भएको पाइएको छ । नार्फाभूमिको जनसंख्या ४४२ जना मात्रै छन् । सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पाभूमि, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका हुन् । […]
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा प्रति परिवार ४.३२ जना
भरतपुर, १२ माघ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला […]
१४ वटा नगरपालिकाको जनसंख्या २० हजार भन्दा कम

भरतपुर, १२ माघ । २०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ । १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ । नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौँ र कम मनाङमा रहेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये […]
मेगा बैंकको संस्थापक शेयर नै बिक्रीमा

भरतपुर, १२ माघ । मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो । शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार […]
सबैभन्दा धेरै जनसंख्या मधेशमा

भरतपुर, १२ माघ । नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ […]
घट्यो नेपालको जनसंख्या वृद्धिदर

भरतपुर, १२ माघ । तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड […]
बेलायतमा कोरोनाविरुद्धको प्रतिबन्ध हट्दै
भरतपुर, १२ माघ । बेलायतले कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिबन्धात्मक व्यवस्था हटाउने भएको छ । आगामी फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिबन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अब खुला हुने भएको छ । तर, ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको […]
नेपालको जनसंख्या २ करोड ९२ लाख

काठमाडौं, १२ माघ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या करीब २ करोड ९२ लाख पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिएको […]
जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदै
काठमाडौं, १२ माघ । केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न […]
चितवन जिल्ला लिग : पहिलोपटक उपाधि जित्ने दाउमा बिएफसी र एभरेष्ट

भरतपुर, १२ माघ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको उपाधि भिडन्त आज बुधबार हुँदैछ । उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भिड्नेछन् । दुबै टोली उपाधि जित्दै ईतिहास रच्ने दाउमा छन् । दुबै टोलीले अहिलेसम्म जिल्ला लिग जित्न सकेको छैन । बिएफसी पहिलो पटक जिल्ला […]