नेपालको जनसंख्या २ करोड ९२ लाख

काठमाडौं, १२ माघ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या करीब २ करोड ९२ लाख पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो ।

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिएको हो । विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
आगामी ६ महीनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने तयारी विभागको छ । यद्यपि, कोरोना महामारीका कारण त्यो केही प्रभावित हुनसक्ने विभागका निर्देशक निर्देशक लामिछानेले बताए ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत ३० भदौदेखि १८ असोजसम्म गरिएको थियो भने २५ कात्तिकदेखि ९ मंसीरसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट