यी हुन् कांग्रेसका आठ सहमहामन्त्री

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आठ सहमहामन्त्री निर्वाचित भएका छन् । महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन् । आठमध्ये ६ जना शेरबहादुर देउवा प्यानलबाट र २ जना शेखर कोइराला प्यानलबाट निर्वाचित भएका छन् । महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र […]
अर्किड स्कुलमा पब्लिक स्पिकिङ च्याम्पियनसिप सम्पन्न

भरतपुर, २ पुस । भरतपुरस्थित अर्किड स्कुलले विद्यार्थीहरुको वाककला प्रतिभा प्रष्फुटनको लागि “पब्लिक स्पिकिङ च्याम्पियनसिप-२०७८” आयोजना गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा २५ जना विद्यार्थीले आफ्नो बोल्ने कला प्रदर्शन गरेका थिए । अर्किड स्कुलकी अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संचारकर्मीद्वय मनोज पन्त र करिश्मा थापाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । […]
अखिल (क्रान्तिकारी)द्वारा राप्ती नगरपालिका घेराउ

राप्ती, २ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल (क्रान्तिकारी) राप्ती नगर कमिटीले राप्ती नगरपालिका घेराउ गरेको छ । शुक्रबार राप्ती नगर भित्रका चारवटा विद्यालयका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका हुन् । राप्ती- ७स्थित वीरेन्द्र आदर्श मावि र जनआदर्श बहुमुखी क्याम्पस, राप्ती- ६ स्थित श्री भण्डारा मावि र राप्ती- २स्थित श्री बुद्धशान्ति माविका विद्यार्थीहरुले नगर परिसरमा […]
विजय लघुवित्तले बोलायो साधारणसभा

गैंडाकोट, २ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ पुसमा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न गैंडाकोटमा साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने […]